पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिसरको तेस्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।भतौडास्थित सार्वजनिक मैदानमा आयोजना गरिएको सधारण सभाको कलैया उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविनले उद्धाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएकी नगर उपप्रमुख प्रविनले सहकारी अभियानले ग्रामीण क्षेत्रका जनताको आर्थिक विकासमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले महिला सहभागिता र एकताको प्रशंसा गर्दै ग्रामीण जनजीवनमा सहकारीको महत्व अहम् रहेको बताउनुभयो ।५ सय २७ जना महिला सदस्य भएको सहकारी संस्थाले साँडे चार करोडको कारोबार गर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ । साधारण सभाले कारोबार र गत आर्थिक वर्षमा गरेको मुनाफाको आधारमा सदस्यलाई १५ प्रतिशत बोनस वितरण गर्ने निर्णय समेत गरेको छ ।सभाको अवसरका संस्थाले २७ जना जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ ।कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, कलैया उपमहानगर पालिका वडा नं. १८ का अध्यक्ष धु्रब यादव, पूर्वअध्यक्ष अम्बीका यादव, स्थानीय समाजसेवी प्रमानन्दप्रसाद गुप्ता, सुनिल यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।संस्थाकी सदस्य शर्मिला देवी साहको स्वागत, प्रबन्धक प्रमानन्दप्रसाद चौरसियाको संचालन र अध्यक्ष बदन देवीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

















