निजगढ, २ असोज– निजगढ नगरपालिका वडा नम्बर १० स्थित लाल खोला तटबन्धको लागि राष्ट्रिपति चुरे तराईमधेस संरक्षण विकास कार्यान्वयन इकाइ भरतपुरबाट आएको रकम हिनामिना गरेको आरोप खेपिरहेको लाख खोला पार्किङ्ग संरक्षण समितिले अनियमितता ढाकछोप गर्न खाल्टो खनेर तारजाली पुरेको बताइएको छ ।

तटबन्ध निर्माणमा भएको अनियमितता बारे विभिन्न सरकारी निकायबाट छानविन शुरु भएपछि समितिले यसअघि नै बनाएको स्परको जग बाढीले बगाएको भनेर देखाउन र अनियमितता ढाकछोप गर्न एक्साभेटरले खोल्टो खनेर ढुङ्गासहितको ग्याभिन जाली ३ दिनअघि बगरमा पुरेको प्रतक्ष्यदर्शी स्थानीयले बताएका छन ।

‘एक्साभेटरले खाल्टो खनेर ढुङ्गासहितको जाली पुर्दै थिए, उनले भने, किन यस्तो गरेको भनेर सोध्दा इस्टमेटअनुसार नै तटबन्धको बाँकी काम गरेको बताए ।’ उनले समितिका पदाधिकारीहरुले काम पुरा नगरी यसअघि नै सम्पन्न भनेर बिल÷भर्पाइ फस्यौट गरिसकेको काममा र हाल छानबिन शुरु भएपछि बाढीले बगाएको भनेर देखाउन र भ्रष्ट्राचार लुकाउन हतारहतारमा ग्याभिन जालीमा ढुङ्गा भरेर खाल्टोमा पुरिएको बताए ।

 

राष्ट्रपति चुरेले कटान नियन्त्रण गर्न खोलामा ५ वटा स्पर बनाउन ५५ लाख भन्दा बढी रकम निकासा गरेकोमा समितिले बाढीको कारण १ सय ३७ थान जालीको काम हुन नसकेको भन्दै असार अन्तिममा ४४ लाख ३५ हजार ८ सय ९२ रुपैया बराबरको बील भरपाईको रकम फस्यौट गरेको थियो ।

समितिले ४ सय ५८ थान तारजालीको काम सम्पन्न भएको देखाएर रकम निकासा लिएको हो । ‘फस्यौट गरिएको रकमअनुसारको पनि काम भएको छैन, अर्का स्थानीय आशालाल स्याङ्गतानले भन्नुभयो, छानविन कार्य अघि बढेपछि पहिले नगरेको काम पनि गरेको भनेर देखाउन अहिले आएर रातारात जाली भरेर खोलामा पुर्ने काम भएको छ ।’ उहाँले पनि पहिले कामै नगरी बिल÷भरपाईमात्र फस्र्यौट गरेकोमा बाढीले बगाएको भनेर देखाउन र भ्रष्ट्राचार लुकाउन अहिले आएर जाली भर्ने काम भएको हुनसक्ने बताउनुभयो । स्याङ्गतानले तटबन्ध निर्माणमा ठुलो रकम हिनामिना भएको भन्दै थप छानविनको माग गर्नुभयो ।

कार्यालयकाका इन्जिनियर अशोक सिन्हाले समितिले सम्पन्न गरेको कामअनुसारको रकममात्र निकासा गरेको र अहिले खाल्टो खनेर पुरिएको जाली र ढुङ्गाको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । ‘सम्पन्न कामको मुुल्याङ्कन गरेर रकम फस्यौट गरिसकिएको छ, सिन्हाले भन्नुभयो, अहिले पुरिएको भनिएको तार जाली र ढुङ्गाको बारेमा कार्यालयलाई केही जानकारी छैन ।’ उहाँले भर्न बाँकी जाली वडा अध्यक्ष पद्मबहादुर मोक्तानको जिम्मा लगाएको र अध्यक्ष मोक्तानले नै काम सम्पन्न भएको सिफारिस दिएपछि कार्यालयबाट रकम निकास भएको बताउनुभयो । इन्जिनियर सिन्हाले सिन्हाले ५ वटै स्परको फाउण्डेशनको काम पुरा भएको र सोहीअनुसारको बिल भरपाईमा रकम फस्यौट गरिएको पनि बताउनुभयो ।

समितिले एक हप्ता भन्दा पनि कम समयमा ४ सय ५८ थान जाली भरेको दावी गर्दै आएकोले पनि बिल भरपाईअनुसारको काम नभएको स्थानीयले आशंका गरेका छन । असार १४ गतेबाट शुरु भएको तटबन्धको काम १७ गतेदेखि खोलामा बाढी आएपछि अवरुद्ध बनेको थियो । ४÷५ दिनको छोटो समयमा यति धेरै काम हुनै नसक्ने अर्का स्थानीयले बताए । कामै नगरी बाढीले बगाएको देखाएर त्यतिबेला रकम हिनामिना गरिएको र अहिले छानविन हुन थालेपछि ढाकछोप गर्न खाल्टो खनेर जाली पुर्ने काम भएको उनको पनि भनाई छ ।

 

समितिका अध्यक्ष जितबहादुर डिम्डुङ्गले हाल पुरिएको जालीको बारेमा आफुलाई पनि केही थाहा नभएको बताउनुभएको छ । ‘अहिले परिएको जालीको बारेमा मलाई पनि थाहा छैन, उहाले भन्नुभयो, यस बारेमा वडा अध्यक्ष मोक्तानसंग बुझनुपर्छ ।’ अध्यक्ष डिम्डुङ्गले यसअघि पनि तटबन्ध निर्माणअन्तरगत भएको काम र रकम फस्यौट बारेमा आफुलाई केही थाहा नभएको बताउदै आएका छन ।

उता, अहिले पुरिएको भनिएको जाली यसअघि भर्न बाँकी भनिएको १ सय ३७ मध्येबाट बाहिरको रहेको पनि स्थानीयले बताएका छन । समितिले खाल्टो खनेर तारजाली पुरेको स्थानको बिहिबार साँझ निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, संचारकर्मी र स्थानीयको एक टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

नगर कार्यपालिकाको गत आइतबार बसेको बैठकले कार्यक्रम अन्तरगत भएको काम र खर्चको विवरण बारे जानकारी गराउन पनि राष्ट्रपति चुरे कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here