कलैया,नेपाली कांग्रेसको आगामी माघ १५ गते हुने भएको बारा जिल्ला अधिवेशनमा सभापती पदमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतीमा नेता शम्भुबहादुर बुढाथोकी, रामानन्द यादव र राजेश राय यादवले उम्मेदवारी घोषणा गरेपछि भिडन्तले त्रिपक्षीय रुप लिने भएको हो ।

सभापतीमा उम्मेदवारी घोषणा गरेका बुढाथोकी र राय यादव कांग्रेश संस्थापन पक्ष निकट हुनुहुन्छ भने रामानन्दले भने संस्थापनइतर समुहबाट जिल्ला सभापती पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पार्टी संस्थापन पक्षभित्र बारा जिल्लामा देखिएको २ समुहका कारण जिल्ला सभापती पदमा पनि सो समुहबाट २ जनाले उम्मेदवारी घोषणा गरेका हुन । पार्टी सभापती शेरबहादुर देउवा निकट भएर पनि बारा जिल्लामा सहमहामन्त्री फरमुल्ला मन्सर र पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवको छुट्टाछुट्टै समुह सक्रिय छ । बुढाथोकी सहमहामन्त्री मन्सुर निकट नेताको रुपमा हुनुहुन्छ भने अर्का प्रत्यासी कलैया उपमहानगरपालिकाका मेयर राजेश राय राधेचन्द्र यादवका छोरा हुनुहुन्छ ।

बारा कांग्रेशमा प्रभावशाली मानिने मन्सुर र राधेचन्द्र पार्टीको केन्द्रीय राजनीतिमा एउटै समुहमा रहे पनि जिल्लामा भने अलगअलग खेमामा हुनुहुन्छ ।

हाल जिल्ला संगठन विभाग प्रमुख रहनुभएका बुढाथोकीलाई सहमहामन्त्री मन्सुरसंगै प्रदेश नम्बर २ का उपसभापति चन्द्रशेखर यादव तथा वर्तमान जिल्ला सभापति जयचन्द्र चौरसियाको पनि समर्थन रहेको बताइएको छ । सभापती पदका अर्का प्रत्यासी रामानन्द यादवले भने शेखर कोइराला समुहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँलाई संघीय सरकारका खानेपानी मन्त्री एंव कांग्रेशका अर्का सहमहामन्त्री उमाकान्त चौधरीको साथ रहेको बताइएको छ । कार्यकर्ताबीच प्रभावशाली मानिने रामानन्द अघिल्ला जिल्ला अधिवेशनमा पनि सभापती पदमा उम्मेदवार बन्नुभएको र झिनो मतान्तरमा पराजित बन्नुभएको थियो ।

प्रदेश नम्बरको बारासहित पर्सा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here