कलैया,बारा जिल्लामा पनि पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ । बारामा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ सय ६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो । आइतबार वीरगन्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा जिल्लामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमित मध्ये अधिकांश घरमै रहेका छन । ३७ जना मात्रै अस्पताल भर्ना भएका बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । ‘जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहले आइसोलेशन नबनाएको र कलैया अस्पतालमा पनि हालसम्म संक्रमितहरुको उपचार नभएको भन्दै उहाँले अधिकांश संक्रमितहरु होम आइसोलेशनमा बसेको जानकारी दिनुभयो । कोरोना संक्रमणको दोस्रो चरणमा हालसम्म बारामा ३ जना महिला र ४ पुरुष गरि ७ जनाको ज्यान गएको छ ।

Leave a Reply