नरेश गुप्ता
बरियारपुर,प्रहरीले एक थान कटुवा पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका वडा नम्बर–४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवान रहेका छन् ।
उनलाई लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरबाट १ थान कटुवा पेस्तोलसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । देवानले हतियार बोकेर हिडेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र पाइन्टको खल्तीमा ८ पिस लागुऔषध नाइट्राभेट ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता केशव थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।