नरेश गुप्ता

बरियारपुर,पथलैया प्रहरीले अनलाईन बिल नभएको बिभिन्न सामान बरामद गरेको छ ।

रात्री बसमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले बिहीवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौकबाट पथलैया प्रहरी चौकीबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा रात्री बसबाट अन्लाईन बिल नभएको अवस्थामा मालसामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको बा.४ ख. ५०१७ नम्बरको रात्री बसबाट भ्याट बिल भएको तर अनलाईन बिल नभएको .३१ हजार ९ सय ८७ रुयैया मुल्य बराबरको सिलिङ्ग पंखा ७ थान र गौरबाट काठमाडौंतर्फ जादै गरेको प्र.३–०१–००६ ख. १२८९ नम्बरको बसबाट कुनै पनि किसिमको बील नभएको १५ हजार मूल्य बराबरको विभिन्न किसिमका गिलास, कप र मग लगायतको मालसामान नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित वीरगन्ज–पथलैया सडकखण्डको हुलास स्टील कारखाना नजिकैको जंगलमा लुकाइछिपाइ बिक्री वितरण गर्न लैजान लागिएको ५ सय लिटर अवैध घरेलु मदिरा पनि प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा बरामद भएको सो मदिरा नियन्त्रणमा लिइ आवश्यक कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

Leave a Reply