बारा –  प्रहरीले अदालतको फैसला कार्यान्वयका क्रममा विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरुलई पक्राउ गरी अदालतमा बुझाएको छ । जिल्ला अदालत बाराको २०५०चैत्र १६ गतेको फैसलापछी काठ चोरी मुद्दामा २ वर्ष कैद र ३ हजार ४८९ जरिवाना ठहर भई फरार रहेका कोल्हवी न.पा.वडा नं.१ बस्ने जनक चौधरी, २०७६असार ०६ गतेको फैसला आदेशले लेनदेनको विगो मुद्दामा फरार रहेका प्रसौनी गाउँपालिका २ प्रमोद कुमारलाईसँगै अन्य ६ जनालाई प्रहरीले लुकीछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरी बुधबार अदालतमा बुझाएको हो ।

 

 

 

 

त्यस्तै जिल्ला अदालत बाराको २०६९बैशाष ३१ गतेको फैसला आदेशले कुटपिट तथा लुटपिट मुद्दामा जनही २ सय जरिवाना तोकिए पश्चात फरार रहेका कलैया उपमहानगरपालिका १० बस्ने रमेश ठाकुर लोहार, प्रेमनरायण ठाकुर लोहार, नाथुर ठाकुर लोहार र कृष्ण ठाकुर लोहारलाई बुधबार जिल्ला अदालत बारामा बुझाएको हो । पक्राउ परेका ६ जनालाई फैसला अनुसारको जरिवाना रकम बुझाउपछी अदालतको आदेशले रिहा गरिएका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here