कलैया,नेकपा (एमाले) जिल्ला कमिटी बाराको दशौं जिल्ला अधिवेशन आगामी पुस २३ गते हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आदर्शनगरमा बसेको जिल्ला पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता नवीकरण गर्न बाँकी सदस्यहरुको पुस १५ गतेभित्र नवीकरण गर्ने र सबै स्थानीय तहहरुको अधिवेशन गरि सक्ने निर्णयसमेत गरेको छ ।

वैठकले पुस ८ गते पर्साको जगरनाथपुरमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने वृहत जनसभामा व्यापक जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

साथै पुस ३ गते बाराको कलैयामा दलित सभा र सोही दिन पाटीका पोलिटव्युरो सदस्य एवम् युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा बिश्रामपुर गाउँपालिकाको प्रथम अधिवेशनमा व्यापक जनसहभागिता जुटाउने निर्णय गरेको छ । साथै पुस १० गते मुस्लिम ईत्तेहाद संगठनको जिल्ला भेलासमेत आयोजना गर्ने निर्णय गरेको छ ।

वैठकमा पार्टीको पोलिटब्युरो सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल र ज्वाला साह, जिल्ला ईञ्चार्ज बलवीर चौधरी र केन्द्रीय सदस्य महम्मद समिर र सरस्वती चौधरीको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply