राजन कुमार बानिया
पोखरिया – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सिमा नाकामा हेल्थ डेक्स संचालनमा गरेका छन् । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं.५ सबैठवा र वडा नं.१ धोरेमा हेल्थ डेक्स संचालनमा ल्याएको हो । भारतमा मजदुरीको लागि कमाउन गएका नेपालीहरुलाई चेकजाच गरेर मात्र नेपाल प्रवेश गर्न दिएको गाउपालिका अध्यक्ष विजय चौरसियाले बताउनुभयो ।
नेपाल सरकारले भारतीय सिमा नाका बन्द गरेपछि प्रहरीको सहयोगमा नेपाल आउन लागेका भारतीयलाई फर्काईएको अध्यक्ष चौरसियाले बताउनुभयो । आज सोमबार मात्र सो नाका भएर नेपाल प्रवेश गरेका ३५ जना नेपालीलाई चेकजाच गरिएको सबैठवा स्वास्थ्य चौकी ईन्चार्ज राजन यादवले जानकारी दिनुभयो । टोल–टोलमा सचेतना अभियान संचालन गाउँपालिका अध्यक्ष विजय चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना भाईरसबाट बच्न टोल–टोलमा आज सोमबारदेखि सचेतना अभियान समेत संचालन गरेको छ ।
गाउँपालिका अध्यक्ष चौरसिया सहित उपाध्यक्ष कुसुमी देवी, प्रमुख प्रसाशकिय अधिकृत महेश प्रसाद सिंह,वाडअध्यक्ष लेखमन पटेल , अमबिका सहनी, ढेडी प्रसाद यादव , मदन साह,स्वास्थ्य संयोजक संजय सहनी ,संचारकर्मी विन्दुभुषण लगायतकाले आज सबैठवा , खेश्रहाको मुसहर बस्तीमा कोरोना भाईरसबाट बच्न सचेत पारेको छ भने साबुन र मास्क समेत वितरण गरेको छ ।
गाउपालिकाको बोर्ड बैठकले ५ वटै वडामा विभिन्न किसिममा सचेतना कार्यक्रम गर्ने , कोरोना भाईरसबाट बच्न विप्पन वर्गलाई मास्क र साबुनको व्यस्था गर्ने निर्णय गरेको छ । उज्यालो नेपाल तालिम तथा परामर्श केन्द्र प्रा.ली वीरगंजको प्राविधिक सहयोगमा गाउपालिकाले कोरोना भाईरस भित्रिन नदिन विभिन्न किसिमका सचेतना अभियान समेत संचालन गरेको छ । अभियान अन्तरगत कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे पर्चा पम्पलेट र माईकिंग गर्ने मास्क वितरण गरेर जनतालाई सचेत गराईने गाउँपालिका अध्यक्ष विजय चौरसियाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष चौरसियाका अनुसार गाउपालिकाका स्वास्थ्यकर्मी र प्रहरीकोे टोलीले घरघरमा गई जनतालाई कोरोना भाईरसको लक्षण र बच्ने उपायबारे जानकारी दिईने र कोरोना भाईरस बाट आफ्फु पनी बचउ र अरु लाई पनी बचाउ नाराका साथै यो अभियान संचालन गरिएको अध्यक्ष चौरसिया ले बताए ।