बिदुर खडका

डुुमरवाना,बैदेसिक रोजगारमा जाने नेपालीहरुले कोरोना खोपको कारण सास्ति खेप्नु परेको छ ।

भेरोसिल र जोन्सन एण्ड जोन्सन खोपमध्ये जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुले मात्र खाडी मुलुकमा जान पाउने भएपछि बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु समस्यामा परेका हुन ।

भेरोसिल खोप लगाएका डुमरवाना, मौलापुरका सुमन गौतम बैदेशिक रोजगारमा जान तयार भएपनि खोपको कारण समस्या थपिएको छ । खोपका कारण बैदेशिक रोजगारीमा जान नपाएर समस्यामा परेको नेपाली युवाहरुमध्ये गौतम एकजना प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । यो समस्याबाट हजारौ नेपाली युवाहरु पीडित बनेका छन ।

 

खोपका कारण समस्या परेर विदेश जान नपाउने अवस्थामा पुगेका नेपालीहरुलाई सरकारले कुटनीतिक पहल नगरेकाले समस्या बेहोर्नु परेको गौतमकी दिदी अम्बिका खतिवडाले बताउनुभयो । ‘सरकारले कि भेरोसिल खोपमा भरोसा छैन भनिदिनु पर्योे, उहाँले भन्नुभयो, हैन भने बिदेश जानको लागि जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिनु भएन ।’

अन्य राष्ट्रमा विश्वास नभएको भेरोसिल खोप करोडांै नेपालीले लगाइ सकेका छन । यसप्रति सरकार किन मौन भनेर प्रतिप्रश्न उब्जिएको खतिवडाको भनाइ छ ।

यता, सरकारले उपलव्ध गराउदै आएको भेरोसिल खोप लगाएकाहरुले बैदेशिक रोजगारको लागि जोन्सन एण्ड जोन्सन खोपको कार्ड बनाइ दिन भन्दै दैनिक ५० जना बढी युवाहरु कार्यालयमा आउने गरेको जिल्ला जनस्वास्थ कार्यालय प्रमुख रामनरेस यादबले बताउनुभयो । खोप सम्बन्धि अन्यौलले बैदेशिक रोजगारीमा जाने युवाहरुले समस्या बेहोर्नु परेको भन्दै उहाँले पनि निराकरणको लागि सरकारले कुटनीतिक पहल गर्नु पर्ने बताउनुभयो ।

Leave a Reply