कुनै कालखण्डमा नेपाली राजनीतिका एक हस्ती गणेशमान सिंहले नोपाली जनतालाई भेडाको संज्ञा दिएका थिए रे । गणेशमानको पालाका जनता र आजको जनतामा धेरै परिवर्तन त भएको हुनु पर्दछ । उनै गणेशमानका छोरा प्रकाशमान नेपाली काँग्रेसको सभापतिका लागि चुनाव लडिरहदा पनि धेरैले यस्तै सोचेका थिए । प्रकाशमानले खासगरी अहिलेका कांग्रेसका सभापतिलाई धेरै गाली गरेका छन् ।
अहिले पनि त्यो गालीवला भिडियो मज्जाले हेर्न पाइन्छ तर नेपाली राजनीतिमा गणेशमानले भेडा भनेको कुरा उनकै छोराको सवालमा पनि लागू भएको धेरैले सामाजिक संजालमा नै भनेका छन् । जब मंगलबार भएको मतगणनामा उनले धेरै कम मत ल्याए त्यसपछि उनी शेरबहादुर देउवाकै पक्षमा उभिए ।
अब राजनीतिमा इमान र नैतिकता भन्ने कुरा नेतासंगै कार्यकर्ताले पनि बिक्री गर्नु पर्ने अवस्था देखिएको छ । हुन त कांग्रेसको सभापतिका लागि फेरि मतदान भएको छ र त्यसको अन्तिम परिणाम त आएको छैन तर मंगलबार भएका हर्कतले भने अब नैतिताको राजनीतिमा खडेरी परेको कुरा भने सहज रुपमा आँकलन गर्न सकिन्छ । केही समय अघि एमालेमा पनि यस्तै देखिएको थियो । यो वास्तवमा राजनीतिका लागि उदेक लाग्दो रमिता जस्तो भएको छ ।