सिमरा,ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानीमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बाराको जीतपुरसिमरा वडा नम्बर १५ का अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।

जीपमा चालकसहित १० जना रहेका थिए । तीमध्ये एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ । सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाण्डौ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here