पुष्पराज खतिवडा

मनहर्वा,बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २२ मटेरियास्थित स्वास्थ्य चौकीमा सिटामोलसहितका अत्यावश्यक औषधी र उपचार सामाग्रीको अभाव भएको छ । औषधि र उपचार सामग्रीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन ।

औषधि अभावमा स्वास्थ्य संस्थाबाट उपचार नपाएको गुनासो स्थानीय सेवाग्राहीले गरेका छन । गर्भवती महिला, प्रेसर, दम, चर्मरोग र ग्यास्टीकका रोगीले सेवन गर्ने औषधी स्वास्थ्य संस्थामा नहुँदा समस्या भएको उनीहरुको भनाइ छ । मटेरियाका स्थानीय अक्षयलाल महराले जीउ चिलाउने समस्या लिएर स्वास्थ्य चौकी आएको तर औधषी नपाएको गुनासो गर्नु भयो ।

स्वास्थ्य चौकीबाट सरकारले तोकेको ७६ प्रकारका औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराइनु पर्ने भएपनि केही वर्षदेखि ३२ प्रकारका औषधी आएका थिए । त्यसमा पनि श्रावण महिनायता धेरै प्रकारका औषधी नआएको स्वास्थ्य चौकीका सिनियर अहेव सिकेन्द्र मण्डलले जानकारी दिनुभयो । ‘हाल मुस्कीलले २५ प्रकारका औषधी उपलब्ध छन, उहाँले भन्नुभयो, भएका औषधि पनि प्रयाप्त छैनन् ।’ उहाँले स्वास्थ्य चौकीमा सिटामोलसमेत पर्याप्त नभएको बताउनुभयो । ‘गाउँमा चर्म रोगीहरुको संख्या अधिक छ, दैनिका १५÷२० जना छाला तथा चर्म रोगीहरु आउने गरेका छन, उहाँले भन्नुभयो, तर औषधी सकिएको धेरै भयो, बिरामीलाई दिन सकिएको छैन ।’ चौकीमा प्रेसर, दम र ग्यास्टीकका रोगीहरुले प्रयोग गर्ने औषधी समेत लामो समयदेखि सकिएको अहेव मण्डलले बताउनुभयो ।

त्यसैगरी घाउचोटका विरामीको प्राथमिक उपचारका लागि आवश्यक सामग्रीसमेत अभाव रहेको र नगरपालिकासंग डे«सिङ्ग सेट माग गरेको भएपनि प्राप्त नभएको उहाँले बताउनुभयो । तराजु नहुँदा गर्भवतीको गर्भको परीक्षण गर्न समस्या भएको पनि उहाँले बताउनुभयो । तराजु नहुदा एक वर्षदेखि गर्भ परीक्षण कार्य रोकिएको उहााको भनाइ छ ।

स्वास्थ्य चौकीमा सुत्केरी सेवा संचालनका लागि वर्थीङ्ग सेन्टर स्वीकृत भएपनि संचालनमा आउन नसकेको स्थानीयको गुनासो छ । ‘२०७८ मंसिर १५ भित्र वर्थीङ्ग सेन्टर संचालनमा आईसक्नु पर्ने थियो, दक्ष कर्मचारी अभावमा संचालनमा आउन नसकेको कलैया उपमहानगरपालिका स्वास्थ्य संयोजक प्रेमचन्द्र जैसवालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here