मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित कृष्ण मोबाइल पसलबाट विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गरिरहेको अवस्थामा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रमोद शाहका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका– १७ रामनगर निवासी २० वर्षीय अविनाश घिसिङ र सोही स्थानका सिमोन लामा रहेका छन् । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय जीतपुरमा बुझाइएको कृष्ण मोबाइल पसलका सञ्चालक कृष्ण गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवाहरूले अन्य विभिन्न मोबाइल पसलहरूमा समेत यस्तै किसिमको ठगी गर्दै आएका थिए ।

शाहले घटनाका विषयमा थप अनुसन्धान पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको जानकारी दिनुभयो ।प्रहरीले पछिल्लो समय मोबाइल पसल तथा साना व्यवसायीलाई लक्षित गरी विद्युतीय ठगीका घटनाहरू बढ्दै गएको भन्दै सबै व्यवसायीहरुलाई सचेत र सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply