कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा भंगहा नाकामा नवनिर्मित प्रवेशद्वार र बलुवामै नवनिर्मित मदर्शा भवनको प्रतिनिधि सभा सदस्इ एवंम पूर्वउद्योगमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभएको छ ।सोमवार कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले नेपाल–भारत मैत्री प्रवेशद्वार र मदर्शा तौहिदुल इस्लाम भवनको उद्घाटन गर्नुभएको हो । बलुवा भंगहा नाकामा ५ लाख रुपैयाँको लागतमा नेपाल–भारत मैत्री प्रवेशद्वार र बलुवामा ५० लाख रुपैयाँको लागतमा मदर्शा तौहिदुल इस्लाम भवन निर्माण गरिएको हो ।

गाँउपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, कांग्रेस नेता प्रेम थापा, सहरुम गद्दी, सन्तोष चौरसिया, इमरान आलम, विनय द्विवेदी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले गर्नुभएको थियो ।

Leave a Reply