बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको सिंगौलस्थित धनसार खोलामा व्यवस्थित तटबन्धन नहुँदा वर्षातको सिजन सुरु भएसँगै स्थानीय किसान समस्यामा पर्ने गरेका छन् । बाढीले सिँचाई बाँध बगाएपछि किसानले समस्या बेहोर्दै आएका हुन ।धनसार खोलामा सिँचाईलाई हेर्ने निकायले व्यवस्थति बाँध बनाउन चासो नदिँदा वर्षौदेखि सिंगौलका अधिकांस स्थानीय किसानले समस्या झेल्नु परिरहेको छ ।वर्षातको मौसममा बाढीले खोलाको बाँध बगाउँदा नगरपालिकाले स्काइभेटर प्रयोग गरेर अस्थायी रुपमा समस्या समाधान गर्ने गरेको छ । असार साउन महिना लागेपछि धनसार खोलाको पानी अन्य खेती गर्नेले भन्दा परम्परागत धान र मकै बाली लगाउने किसान उपयोग गर्दै आएका छन ।हिउँमा खोलाको पानी सिँचाईका लागि अपुग हुँदा ८५ प्रतिशत स्थानीयले केरा खेती गर्दै आएका हुन ।निजगढ नगरपालिका को वडा नम्बर १, २, ३ मा अघिल्लो ५ वर्षको अवधिमा मुख्य सडक, भित्री सडक, कल्भट, विद्यालयको सुविधामा विस्तार भए पनि सिंगौलमा स्थानीयको जीवनसँग प्रत्यक्ष जोडिएको धनसार खोलामा व्यवस्थित बाँध निर्माण गर्नतर्फ स्थानीय सरकारको ध्यान जान नसकेको किसानहरुको गुनासो छ ।धनसार खोलामा सिँचाई बाँधका साथै सिंगौल वडा नम्बर ३ का स्थानीयले वर्षेनी खानेपानीको समस्या समस्या झेल्दै आइरहेका छन् ।सिंगौलको अन्य वडामा डिपबोरिङमार्फत सुरक्षित पानी वितरण भए पनि वडा नं. ३ का स्थानीयले भने बगर खोलाको दुषित पानी पिउनु पर्ने बाध्यता छ । वडा नं. ३ का खानेपानी उपभोक्ताहरुलाई सिंगौल खानेपानी तथा सरसफाइ सस्थाले वेवास्था गरेको स्थानीय नरबहादुर बिकको गुनासो छ ।वर्षौ पहिले पिपलटारमा निजगढ नगरपालिकाको नगरकोषबाट सफा पानी खुवाउने उद्देश्यले गरिएको डिपबोरिङ हाल अलपत्र छ ।

Leave a Reply