सिमरा,मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउन सिमरामा नुमना मतदान गरिएको छ । बारा क्षेत्र नं. ४ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षित गर्नका लागि नमुना मतदान गरिएको हो ।

निर्वाचनको क्रममा व्यवस्थित र विवादरहित ढंगबाट मतदान सम्पन्न गर्नका लागि नमुना मतदान गरेर खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जानकारी दिनुभएको छ । नमुना मतदानका क्रममा मतदान र मतपेटिका सुरक्षाका सम्पूर्ण प्रक्रिया बारे केन्द्रमा खटिने कर्मचारीलाई जानकारी गराइएको थियो ।

नमुना मतदानमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, मुख्य निर्वाचन अधिकृत पूर्णेश्वरप्रसाद उपाध्यायसहित बाराको निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सहभागी थिए ।

निर्वाचनको लागि बारामा चार हजार चार सय ४० जना कर्मचारी खटिने निर्वाचन कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here