नरेश गुप्ता

बरियारपुर,बाराको प्रसौनीका ११ ठाउँमा जडान गरिएका सिसि क्यामराको शुक्रवार एक कार्यक्रमबीच उद्धघाटन गरिएको छ ।

ईलाका प्रहरी कार्यलय प्रसौनीको प्राङ्गणमा आयोजित उद्धघाटन कार्यक्रमलाई प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता र बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।

उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै गापा अध्यक्ष गुप्ताले अपराध न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रणमा सिसि क्यामरा जडानबाट सहयोग पुग्ने बताउनुभयो । कलैया– वीरगन्ज सडक खण्ड अन्तर्गतको प्रसौनी, गण्डक चौकलगायत ११ ठाउँमा सिसि क्यामरा जडान भएको उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शाही शान्ति सुरक्षा कायम राख्न र अपराधिक गतिविधि नियन्त्रण गर्न सिसि क्यामराले ठूलो भुमिका खेल्ने बताउनुभयो ।

प्रहरीले ईमान्दारितासाथ आफ्नो कर्तव्य निवार्हा गर्न शाहीले निर्देशन दिनुभएको थियो । सो अवसरमा प्रसौनी गाउँपालिकाको उपाध्यक्ष गीता देबी, वडा अध्यक्ष रामबनी गुप्ता, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिन्देश्वर यादवलगायत संचारकर्मी सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here