सिमरा,युनिटी युथ वीरगञ्जले क्रियटिभ जीतपुरसिमरा भेट्रान कपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा प्ले टुगेदर झापालाई ३–१ ले पराजित गर्दै वीरगञ्जले उपाधि उचालेको हो ।वीरगञ्जलाई उपाधि दिलाउने क्रममा निलेन्द्र देवानले दुई र कृष्ण शाक्यले एक गोल गरे । झापाका लागि नरेन्द्रमणी लिम्बुले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक फाइनल खेलको उपाधि उचालेको वीरगञ्जले ट्रफिसहित एक लाख हात पारेको छ भने उपविजेताले ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगञ्जका कन्या सुब्बा गुरुङ घोषित भए ।विधागततर्फ सर्वाधिक गोलकर्ता वीरगञ्जका निलेन्द्र देवान, उत्कृष्ट गोलरक्षक झापाका रुपक गुरुङ, ५० वर्षमाथिको उत्कृष्ट खेलाडी वीरगञ्जका सञ्जिव खड्गी घोषित भएका छन् ।



















