बरियारपुर,बारामा चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले कोल्हबी नगरपालिका वडा नम्बर ७ स्थित दशैं सहनीको आँगनबाट चोरी भएको ना ३९ प २८८४ नं. को मोटरसाइकलसहित जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ टाँगियावस्ति बस्ने वर्ष २२ को श्रवण महतो र सोही ठाउँ बस्ने वर्ष २० को सन्तोष आले मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय कोल्हबीले जनाएको छ ।
पक्राउ परेकोहरुमाथि चोरी सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
















