रौतहटको चन्द्रपुर नगरपालिकाले साविकमा झैँ आइतबार पनि विद्यालय सञ्चालन गर्ने गरी गरेको निर्णयप्रति स्थानीय शिक्षकहरूले आपत्ति जनाएको पाइएको छ । कुनै बेला यिनै शिक्षकहरुले आइतबार पनि पढाइ हुनुपर्छ भन्थे भने अहिले आएर उनीहरुका लागि दुई दिन मस्ती भएको छ । संघीय सरकार र स्थानीय सरकारको बाझिएको निर्णयका कारण शैक्षिक क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै सुबलाल भागवत माध्यमिक विद्यालय, सन्तपुरका शिक्षक कर्मचारीहरूले नगर कार्यपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाए पनि यो ठीक कदम भन्न सकिन्न ।

त्यसो त यो निर्णय सरकारको आफैमा हचुवा हो । जसले जे भनेपनि सरकारले चालेका सबै कदम सही हुन्छन् र सहयोग गर्न पर्छ भन्ने छैन । संघीय सरकारले निजामतीका लागि लागू गरेको यो नियम ठीकै पनि होला तर शिक्षकहरुका लागि भने यो ठीक हुदै होइन । विद्यालयका लागि भने यो ठीक हुदै होइन । यसले विद्यालयमा झनै बेतिथि बढ्ने देखिन्छ । सरकारी कार्यालय त बिहान ९ बजे खुल्छन्, यो हिसावले केही ठीक पनि होला तर विद्यालय ९ बजे संचालनमा आउने कुरा भएन । विद्यार्थीहरुका लागि सहज पनि हुनुपर्छ । मधेशको सवालमा त गर्मीमा विद्यालय बिहान नै चल्ने हो त्यसैले पनि सरकारी कार्यालयको समय सीमा अनुसारको कुरा विद्यालयमा लागू हुदैन ।

चन्द्रपुर नगरपालिकाले लिएको नीति एकदमै ठीक हो । संघीय सरकारको सबै कुरा मान्न आवश्यक छैन र विद्यालय झनै हुदैन । पढाउनु पर्छ भनेर नाटक गर्ने शिक्षकहरुसंग नडराइकन चन्द्रपुरले आइतबार पनि कम्तीमा विद्यालय चैं संचालन गर्दा राम्रो हुनेछ र देशभरका अन्य स्थानीय तहले पनि यही गर्दा उत्तम हुनेछ ।

Leave a Reply