निजगढ,प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा बाराका श्याम साह र सचिबमा पर्साकी गंगा श्रेष्ठ चयन हुनु भएको छ ।

राष्ट्रिय युवा परिषद्ले प्रदेश र संघीय तहमा आयोजना गरेको नमुना युवा संसद अभ्यास कार्यक्रमको निर्णय अनुसार सञ्जाल गठन गरिएको हो । नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहत रहेको परिषदले ५ दिने प्रदेशस्तरीय र ३ दिने संघीय तहको नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदेश र संघीय नमुना युवा संसद अभ्यासले ७ वटै प्रदेशमा ११ सदस्यीय प्रदेशस्तरीय युवा सञ्जाल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतवार भर्चुअल माध्यमबाट बसेको बैठकले प्रदेश नम्बर २ मा बारा निजगढ नगरपालिकाका श्याम साहको अध्यक्षतामा प्रदेशस्तरीय युवा सञ्जाल गठन गरिएको छ । नवगठित प्रदेश युवा सञ्जालको उपाध्यक्षमा सर्लाहीकी रञ्जना नेपाल, सचिवमा पर्साकी गङ्गा श्रेष्ठ, सहसचिवमा धनुषाका सबुर कुमार कुश्वाह, कोषाध्यक्षमा सिराहाका मो. नइम राइन चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा महोत्तरीबाट पुजा साह, आभाष ठाकुर, दिपक यादव, सप्तरीबाट पन्केसराज कुश्वाह, सर्लाहीबाट स्मृसती श्रेष्ठ, रौतहटबाट अन्जुम बेगम लगायत रहेका छन् ।

 

नवगठित सञ्जालले परिषदको उद्देश्यबमोजिम प्रदेश २ का ८ वटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्ने र युवा परिचालनमा विशेष सहजीकरण गर्ने नवगठित सञ्जालकी नवनिर्वाचित सचिब गङ्गा श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय युवा परिष्द ऐन २०७९ अनुसार प्रदेशस्तरीय सञ्जालको कार्यअवधि २ वर्षको हुने छ । सो अवसरमा संघीय युवा सञ्जाल प्रदेश नम्बर २ का कार्यकारी इन्चार्ज रक्कीप्रसाद साह र राष्ट्रिय युवा परिषद् सचिवालयका श्याम काजी खत्रीसँग सहभागीहरुले युवा नेतृत्व र युवाको हक तथा अधिकार लगायतका विषयमा अन्तरक्रिया समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here