कलैया,हिंसाका जोखिममा रहेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ र २ का ८ परिवारलाई आवश्यकतामा आधारित सहयोग बापत खाद्यान्न र औषधोपचार खर्च सहयोग वितरण गरिएको छ ।इस्लामिक रिलिफ वल्र्ड वाइडको आर्थिक सहयोग तथा जनजागरण युवा क्लब जेजेवाईसी बाराको आयोजना संचालित समुदायको उत्थानशिलता सुदृढीकरण एससिआर परियोजनाले सहयोग प्रदान गरेको हो ।सहयोग वितरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विश्वनाथ कुश्वाहा, सस्थाका कोषाध्यक्ष सियाराम यादव लगायतको उपस्थिति रहेको थियो ।एकल महिला, अपाङ्गता गरिवी र विभिन्न कारणले साहाराविहिन, बालविवाह बहुविवाह जस्ता समस्याले हिंसा पीडित वा जोखिममा रहेकाहरुको पहिचान गरेर प्रतिपरिवारलाई १५ हजार रुपैया बरावरको खाद्यान्न र १० हजार बराबरको उपचार सहयोग वितरण गरिएको हो ।
हिंसा पीडित वा जोखिममा रहेकाहरुलाई पहिचानका आधारमा चामल, दाल, चिनी, तेल, मसला, साबुन, सरफ र खाजाको समान वितरण गरिएको थियो ।कार्यक्रममा हिंसाको जोखिममा रहेकी महागढीमाईकी एक महिलालाई उपचार सहयोग गरिएको छ । यसअघि पनि सुवर्ण गाउँपालिकाका पाँच र महागढीमाई नगरपालिकाका दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो ।

Leave a Reply