वीरगन्ज,पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले वीरगन्जको भानुभोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ का २२ वर्षीय कैलाश महतो, कलैया उपमहानगरपालिका–४ का २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका– ३ बाराका २० वर्षीय रविन कुमार साह रहेका छन् ।
उनीहरुले भारतीय नागरिक अरुण कुमार चौरसियाको बीआर २२ एटी ९३२६ नम्बरको रोयल इनफिल्ड बुलेट बाइक कार्तिक १२ गते होटलमा पार्किङ गरि राखेको ठाउँबाट चोरेको प्रहरीको दाबी छ । उनीहरुले चोरी गरी उक्त बाइकमा बा८२प६४६० नम्बरको नयाँ नम्बरप्लेट लगाइ चलाउँदै आएका प्रहरीको भनाइ छ ।
पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।