नरेश गुप्ता

बरियारपुर,संघीय सरकारका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णबहादुर श्रेष्ठले आफूहरुले भनेको कुरा पुरा गरेरै छाडने बताउनुभएको छ ।

युवा संघ नेपाल, कलैया उपमहानगरपालिकाद्वारा कलैयामा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री श्रेष्ठले निजगढ विमानस्थल र फास्ट ट्याक निर्माण कार्य चाडै शुरु गरिने बताउनु भयो ।

लोकतान्त्रिक समविधान राक्षाको निमित्त एमाले पार्टी विभाजनको अर्को अर्को विकल्प नरहेको बताउदै ओली सरकारको एकल घमण्ड चकनाचुर भएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विचार र सिद्धान्तमा चल्ने पार्टी भएकोले कसैको एकलौटी शासन नचल्ने उहाँले बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले नै स्थानीय तहको चुनाव सम्पन गराउने बताउदै राष्ट्र र राष्ट्रियताको हितको लागि आफ्नो पार्टी जहिले पनि अगाडि रहने बताउनुभयो ।

बेरोजगारी समस्या देशको ठूलो समस्याको रुपमा रहेकोले युवाहरुको लागि रोजगारीको व्यवस्था देशमा मिलाउने उहाँले बताउनुभयो । विदेशमा गएर अलपत्र बनेका र ठगीमा परेका युवाहरूलाई न्याय दिलाउनु आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति बाराका पूवसभापति छठु यादव, नेकपा एमाले एकीकृत समाजवादीका केन्द्रीय सद्स्य दिनेश राई, बतहु यादव, अनेरास्ववियुवका इमरान आलम लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा पार्टीका जिल्लास्तरका नेता, कार्यकर्ता, संचारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जितेन्द्र साहले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here