भर्खर नेपालीहरुको महान पर्व विजया दशमी सकिएको छ । अब नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार अथवा दीपावली संघारमा नै आइकेकको छ । भित्रिसकेको छ भन्दा पनि फरक नपर्ला । दीपावली तराई मधेशको जिल्लामा धुमधामका साथ मनाइने पर्व हो । तिहारपछि तराई मधेशको अर्को महत्वपूर्ण छठ पनि आउनेछ र बजारमा यीनै पर्वहरुको आगावमनसंगै चहलपहल पनि बढेको छ ।

तर, बजारमा नागरिकहरुको चहलपहल बढेपनि राज्यका निकायहरुले भने सावधानी र सचेतना अपनाएको भने कम देखिएको छ । बजारमा चहलपहल बढेको छ । वीरगन्ज बजारमा अझै बढी चहलपहल बढेको छ । यसले व्यापारीहरु खुसी भएका छन् । तर उपभोक्ताहरु भने मारमा परेका छन् ।

बजारमा उपभोग्य वस्तुहरुको जथाभावी मूल्य राखिएको छ । तिहारका लागि अति आवश्यक पर्ने सामग्रीहरुको मुल्य बढाइएको छ । जसका कारणले पनि उपभोक्ताहरु ठगिन बाध्य भएका छन् । प्रभावकारी अनुगमन नभएका कारण पनि चाडवाडको नाउँमा उपभोक्ताहरु ठगिन बाध्य भएका हुन् । अझै अनुगमन समयमा प्रभावकारी भएन भने ठगिने क्रम जारी रहनेछ ।

 

 

Leave a Reply