वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कुम्हाल समुदायको पुख्र्यौली पेसाको संरक्षण र सम्वद्र्धनमा आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

हिन्दुहरुको पर्व दिपावली तथा छ्ठ पर्वमा प्रयोग गरिने माटाका पूजा सामग्री बिक्री स्थलको सोमबार उदघाटन गर्दै सरावगीले कुम्हाल समुदायको पुख्र्यौली पेसा सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक विकास र पर्यावरणका लागि पनि निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

तराई कुम्हाल समाज नेपाल जिल्ला तथा नगर कार्यसमितिले हिन्दूहरुको महान चाड दिपावली र छठको अवसरमा घण्टाघरमा सोबारदेखि सन्चालमा ल्याएको माटाका सामग्री बिक्री स्थलको उद्धघाटन गर्दै नगरप्रमुख सरावगीले कुम्हाल समुदायले सुरु गरेको अभियान सामुदायिक हितको लागि उदाहरणीय रहेको बताउनु भयो । उहाँले अरुलाई पनि विभिन्न रसायनयुक्त झिलीमिली बत्तिहरु खरिद गर्नुभन्दा दिपावलीमा प्रयोग हुने हातले नै बनाएको माटोको पूजा सामाग्री लगायतका घरायसी समान खरिद गर्न अपिल पनि गर्नु भयो ।

तराई कुम्हाल समाज पर्साका अध्यक्ष चन्द्रशेखर पंडितले उपभोक्तावादी समाज र आधुनिक प्रविधिले संकटमा पर्दै गएको माटोको भाडाँ बनाउने कुम्हाल समुदायको पुख्र्यौली पेसा संरक्षणका लागि संस्थागत रुपमा नै कुम्हाल समुदाय लागि परेको बताउनुभयो । कुम्हाल जातिले हातले बनाएका माटाका सामग्रीहरु यसपटक वीरगन्जको घण्टाघरमा एकै स्थानबाट बिक्री वितरण शुरु गरेका छन् ।

कुम्हाल जातिले हरेक वर्ष दिपावली र छठमा माटाका विभिन्न प्रकारका भाडाहरु बनाएर वीरगन्जमा बिक्री वितरण गर्ने गरेका छन् । यसपटक भने समाजले नै एकै स्थानबाट बिक्री वितरण गर्न थालेको हो । यसका लागि महानगर प्रमुख सरावगीले वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको सडक छेउमा तीन कठ्ठा जग्गा समेत उपलब्ध गराइदिनु भएको हो । माटाका सामानहरु बिक्री वितरण गर्नको लागि वीरगन्ज माहानगरपालीकाले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here