जीतपुर,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा जेनेटरको करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु भएको छ ।
पर्सागढीको बडनिहारस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको बिग्रिएको जेनेरेटर बनाउने क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय रामप्रसाद चौधरीको शुक्रबार बिहान मृत्यु भएको हो । चौधरीले लामो समयदेखि मिस्त्री काम गर्दै आउनु भएको थियो ।
बिग्रिएको जेनेरेटर बनाउने क्रममा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । सहकारी संस्थाको लापरवाहीका कारण चौधरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । स्थानीय जनप्रतिनिधि, सहकारी संस्थाका पदाधिकारी, राजनीतिकर्मी र मृतक पक्षबीच भएको छलफलबाट मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप ७ लाख २५ हजार रुपैया उपलब्ध गराउने सहमति भएको छ । यसका साथै मृतकको परिवारका एकजना सदस्यलाई सहकारी संस्थामा रोजगारी दिने सहमति पनि भएको सहकारी संस्थाका अध्यक्ष जगरनाथ तिवारीले बताउनुभयो ।
पोस्टमार्टमका लागि शव वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको अस्थायी प्रहरी चौकी बिरुवागुठीका इन्चार्ज रासनारायणले जानकारी दिनुभयो ।