बीरगंज, १६ भदौ ।
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३ औ“ दिनको पुण्य तिथीमा वीरगञ्जमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधिको समेत सहभागिता थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदीप गिरी नेपाली कांग्रेसका मात्रै नभएर अन्य पार्टीका लागि पनि साझा नेता रहेको बताएका थिए ।

कांग्रेसको नेता हु“दाहु“दै उनी कम्युनिष्टलाई समाजवाद र माक्र्सबाद पढाउ“दै हि“डेको स्मरण गर्दै वक्ताहरुले गिरीलाई कुनै पार्टीको मात्रै घेरामा राख्नु भन्दा पनि सबैका लागि साझा व्यक्तित्व रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रमेश रिजालले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हि“ड्न सके मात्रै पनि उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए ।

यो गर्छु त्यो गर्छु भनेर भन्नु भन्दा पनि हरेकले गाउ“मा रहेका विपन्न, गरिब, दलितका एकएक जना सन्तानको शिक्षाको जिम्मा लिने हिम्मत गरे मात्रै स्वर्गीय गिरी प्रतिको सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । एक फरक प्रसंगमा नेता रिजालले आउ“दो मंसिर ४ गते हुने निर्वाचनमा अहिले रहेको गठबन्धनको विकल्प नरहेको बताए ।

स्थानीय तहको बेला कसले कहा“ घात अन्तर्घात गर्यो भन्दा पनि अहिले संविधान विरोधी, संघीयता विरोधी तत्वलाई परास्त गर्न पनि बलियो र विश्वासिलो गठबन्धन बनाएरै अघि बढ्नु पर्ने आवश्यकता रहेको औ“ल्याए । अहिले सिट बा“डफा“डका बारेमा छलफल भइरहेको भन्दै उनले कसको के हैसियत छ बुझेर बा“डफा“डको टुंगो लाग्ने पनि स्पष्ट पारे ।
कांग्रेसले १ सय सिट माग गरिरहेको भए पनि ८०÷८५ सिटमा कुरा मिल्न सक्ने भन्दै उनले त्यति जित्न सकिए पनि समानुपातिक जोडेर कांग्रेस ठूलो पार्टी बन्नेमा कसैले रोक्नै नसक्ने बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य अजय चौरसियाले स्वर्गीय गिरीको स्वभाव जस्तै सबैले लोभ, लालच, अभिमान त्यागे मात्रै राजनीतिले सच्चाई प्राप्त गर्ने बताए । नेता अजय द्विवेदीले गिरीको निधनले समग्र राजनीतिमा विचारको दियो निभेको भान भएको बताए ।

उनले स्वर्गीय गिरी माक्र्सबाद र गान्धिवादको मिश्रण गरेको भन्दै पार्टीमा उनी बैचारिक सिङ्गल पिस रहेको पनि बताए । उनी जस्तो नेता अब खोजेर नपाईने भन्दै स्वर्गीय गिरीका विचार अहिले पनि सामाजिक सञ्जालमा खोजि खोजी आफूले सुन्ने गरेको र अरुलाई पनि सुन्न आह्वान गरे । कार्यक्रममा नेकपा एमाले सुन्दर कुर्मी, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद लगायतले गिरीको विचारले आफूलाई पनि राजनीतिमा तानेको भन्दै उनी जस्तो सबैको प्रिय नेता अब भेट्न नसकिने विचार व्यक्त गरे । पार्टी पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, वीरगञ्ज महानगरपालिकाका पूर्व उपमेयर शान्ति कार्की, सामाजिक कार्यमा सक्रिय युवा कञ्चन झा लगायतले प्रदीप गिरीको जीवनीका बारेमा चर्चा गरेका थिए ।

Leave a Reply