वीरगन्ज,नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार बाराको १ र पर्साका ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । बाराको करैयामाई गाउँपालिका र पर्साको वीरगन्ज उपमहानगरपालिकासहित ११ वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको हो । पार्टी केन्द्रीको निर्णयअनुसार मंगलबार देशभरि पालिकास्तरीय अधिवेशन आयोजना गर्ने योजना रहेको भएपनि समय अभावले जिल्लाको एउटा पालिकामामात्रै अधिवेशन आयोजना गर्न सकिएको एमाले बारा जिल्ला इन्जार्च बलवीर चौधरीले जानकारी दिनुभयो ।

पर्सा जिल्लामा भने वीरगन्ज महानगरपालिकासहित पर्सागढी, पोखरिया, बहुदरमाई नगरपालिका र छिपहरमाई, ठोरी, पटेर्वासुगौली, जिराभवानी, विन्दवासिनी, जगरनाथपुर, धोविनी लगायतका गाउँपालिकाहरूमा सर्वसम्मत रुपमा नगर तथा गाउँपालिका स्तरीय अधिवेशनले नेतृत्व चयन गरेको एमाले पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिनुभएको छ ।

छिपहरमाई गाउँपालिका स्तरीय भेलाबाट पह्लादप्रसाद गुप्ताको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी सर्वसहमतिबाट चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा किशोरी साह कानु र कमल दास तत्वा, सचिव मकबुल मियाँ गद्दी, सहसचिव ब्रहम्देव यादवलगायत ५० जना पुरुष र २५ जना महिलासमेत गरी ७५ जना सदस्य रहनुभएको छ ।

नेकपा एमालेका जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरेन्द्र पासवान, समसुल मियाँ, वडा अध्यक्ष मौजीलाल साह, महेन्द्र साह कलवार, लालबहादुर यादवलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी धोविनी गाउँपालिकामा बुधबार र बिहीबार कालिकामाई र पटेर्वासुगौली गाउँपालिकाको अधिवेशन र नेतृत्व चयन गरिने नेकपा एमालेका जिल्ला अध्यक्ष हजराले बताउनुभयो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले देशभरिका ७ सय ५३ स्थानीय तहमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन भइरहेको छ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट मंगलबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here