नरेश गुप्ता

बरियारपुर,भन्सार छली गरि नेपाल भित्र्याइएको ६० हजार ५ सय मूल्य बराबरको भारतीय मालसामान सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको मोवाईल गस्ती टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया–जीतपुर सडक खण्डको तराई काटाअगाडि सडकबाट आइतबार सो सामाग्री बरामद गरेको हो । सवारी साधनहरु चेकजाँच गर्ने क्रममा वीरगन्जबाट हेटौडातर्फ जादै गरेको ना.१ ज. ५२७० नम्बरको टाटासोमो गाडी चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएको मालसामान नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

टाटासोमोको छतमाथि हुटमा लुकाइछिपाई ल्याइएको अवस्थामा भारतीय कुर्ता सुरुवाल, ईण्डियन रेडबुलसमेत गरी ६० हजार ५ सय बराबरको सामानहरु बरामद गरिएको र आवश्यक कारबाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको ईलाका प्रहरी कार्यलय सिमराका डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।

Leave a Reply