हेटौंडा । मानव अधिकारका लागि,महिला एकल महिला समूह मकवानपुरको आयोजनजामा सोमबार हेटौंडामा एकल महिलाहरुका लागि शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित संस्थाकै कार्यालयमा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपमहानगरपालिकाका वडा नम्बर ११ सहित सो आसपासका वडाका ५० जना भन्दा बढी एकल माहिलाहरुको सहभागिता रहेको थियो ।कार्यक्रमलाई संबोधन गर्दै मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलले निकै संघर्ष गरेर आफूले मकवानपुरमा एकल महिलाहरुको पक्षमा काम गर्न सफल भएको बताउनुभयो । त्यस्तै सो समूह बागमती प्रदेशकी अध्यक्ष देवकी पौडेलले एकल महिलाहरु अझैपनि बिभिन्न हिसावले प्रताडित रहेको बताउनुभयो । सहभागी महिलाहरुलाई देवकी पौडेल सहित हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी सरिता अधिकारीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम उक्त समूह मकवानपुरकी महासचिव शारदा चौलागाईको सहजिकरणमा सम्पन्न भएको हो ।

Leave a Reply