बारा –  बारा जिल्ला स्काउटको आयोजनामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । लोटस एकेडेमी सिमराको सहकार्यमा शुक्रवार हाजिरी जवाफ प्रतियोतिा सम्पन्न भएको हो ।
विधार्थीहरुको शिक्षाको स्तर बृद्धि गर्न हाजिरी जवाफ प्रतियोगताको आयोजना गरिएको थियो । मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कूल कलैयाका प्रिन्सिपल रामबाबु प्रसाद कुशवाहाको अध्उक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउट का जिल्ला आयुक्त भरत प्रसाद साह रहेका थिए ।

 

 

 

 

हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन ऋषि प्रसाद चौधरी र कार्यक्रमको समापन लोटस एकेडेमीका प्रिन्सिपल राम प्रसाद अधिकारीले गरेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि जिल्ला तालिम आयुक्त गंगा प्रसाद मैनाली, सहायक प्रशिक्षक पुष्पा चौधरी, तथा अन्य विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू उपस्थिती रहेको थियो ।

 

 

 

हाजिरी जवाफ प्रतियोगितामा प्रोग्रेस एजुकेसन, राष्ट्रिय विभूति, मनकामना स्कूल कलैया, लोटस एकेडेमी, सिमरा पब्लिक स्कूल, ब्राइटर एकेडेमी, ने. रा. मा. वि. डुमरवाना , जनता मा. वि. रजघटा का स्काउटका विद्यार्थीहरु सहभागी भएका थिए ।

 

 

 

 

हाजिरी जवाफ प्रतियोगितामा प्रोग्रेस एकेडेमीका संदेश तिवारी, हिमांशु मैनाली, मुस्कान काफ्ले प्रथम, राष्ट्रिय विभूतिका विशाल श्रेष्ठ, समीक्षा रिमाल, किशोर ढकाल द्वितीय, मनकामना स्कूल कलैयाका आकाश विक्रम शाह, आमना खातुन, आनन्द पटेल तृतीय भएका थिए ।कार्यक्रमका विजेताहरूलाई प्रमाण पत्र, मेडल र शिल्ड वितरण गएिको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here