कुनै बेला ठूलो पार्टी रहेको नेकपा एमाले अहिले जे भए पनि खुम्चिएको छ । माधवकुमार नेपालहरुको सो पार्टीबाट बर्हिगमन भएप्छि यो पार्टीको आकार घटेको हो । यद्यपिले यसले आफ्नो गतिविधिहरु भने गरिरहेको छ । एमालेले शुक्रबारबाट आफ्नो पार्टीको विद्यान महाधिवेशन भनेर काठमाडौंमा देशभरबाट आफ्नो नेता कार्यकर्तालाई पनि बोलायो र केही नयाँ कुरा पनि दिएको छ ।
खासमा विद्यान महाधिवेशन भने पनि यसको सार भने अर्को नै रहेको छ । हालै एमालेबाट फुटेर बनेको नेकपा समाजवादी पार्टीलाई देखाउने अब सरकारकाविरुद्ध लाग्ने तथा चुनावमा अगाडि बढ्ने बिषयमा बढी कुरा र छलफल भएको छ । बढी बहस पनि यसैमा भएको छ । आगामी सबै तहको चुनावमा आफूहरुको जीत निकाल्ने दाउमा एमाले रहेको कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
यो महाधिवेशनको मुल उद्देश्य नै यही रहेको छ । एमाले विद्यान महधिवेशनको नाउँमा भएका भेला चुनाव केन्द्रित नै छ । त्यसो त लोकतन्त्रमा चुनाव अपरिहार्य छ । अनि चुनावमा तयारी गर्नु स्वभाविक पनि छ । अतः एमालेले भनेको जस्तो समयमा चुनाव हुन्छ कि हुदैन भन्ने कुरा नै धेरै महत्वपूर्ण कुरा हो ।