कृपा संवाददाता
कलैया , १३ माघ । तत्कालीन एमालेका नेता दुर्योधन शुक्लाको मृत्युले नेपाल कम्युनिष्ट पार्टीलाई ठुलो क्षति भएका छन् । पूर्व जिल्ला सभापति तथा नेपाल कम्युनिष्ट पार्टीका नेता छठु प्रसाद यादवले शुक्लालाई फुलमाला तथा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शुक्ला तत्कालिन एमालेबाट मुखिया पदमा निर्वाचित भएका थिए । २०५४ सालको निर्वाचनमा पिप्राबिर्ता गाबिसमा ४७ मध्ये ४६ सिटमा जित्नेे नेता थिए । कुशल नेतृत्व गर्ने नेता गुमाएकाले पार्टीलाई निकै ठुलो क्षति भएका बारे पूर्व जिल्ला सभापति यादवले जानकारी दिए ।
शुक्लाको जन्मभुमि गाँउमा अन्त्यष्टी दाहसंसकार गरि आन्तिम बिदाई सोमबार गरेका छन् । उहाँ पञ्चायतकालमा क्षेत्रिय सदस्य समेत हुनु भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा रामनरेश दास , पन्नालाल दास , नेकपा नेता , कार्यकार्ता लगायत शुभचिन्तकहरूले फुलमाला तथा अबिर लगाएर दाहसंस्कार गरेका छन् ।