सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातिस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा राजेन्द्रप्रसाद विद्यार्थी विजयी हुनुभएको छ । विद्यार्थीले ३ सय ७२ मत प्राप्त गरी विजयी बन्नुभएको हो ।
त्यसैगरी व्यवस्थापन समितिको अन्य सदस्यमा सोयब अन्सारीले ३ सय ६५, राजकुमारी दास ३ सय ७७, संगीता यादव ३ सय ७४ नेवाजी अन्सारी २ सय २, जय प्रकाश यादव १ सय ९ अनु सिंह २ सय र सुरेन्द्र सिंहले १७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा विद्यार्थीको प्यानलका उम्मेदवाहरु बिजय भएको पिपरपाति माविका प्रधानाध्यापक रामान्न्द साहले बताउनुभयो ।
बिगत दुई वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेपछि शनिबार मतदान प्रकृयाबाट व्यवस्थापन समितिको चयन गरिएको हो । कुल १ हजार ४ सय ६ अभिभावक मतदाता रहेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ८ सय २८ जनाले मतदान गरेका थिए ।