कुनै पनि व्यक्तिका लागि उससको राष्ट्रियता सबैभन्दा ठूलो कुरा हुन्छ नै । राष्ट्रियतालाई केन्द्रमा राखेर राष्ट्रको हितका लागि सरकारले बनाउने गरेको नीति पनि नागरिकहरुले मान्नुपर्ने हुन्छ ।तर सरकार नै हचुवाको भरमा चलिदिएको खण्डमा र सरकारको योजना पनि नागरिकहरुका लागि सहज नभएको खण्डमा भने फेरि समस्या हुन्छ । सरकारले नेपालको सन्दर्भमा राष्ट्रिय परिचयपत्र लागू गर्न खोजेर सबैलाई एकनास बनाउन खोजेको पनि होला । यो विषयमा अहिले नै सरकारप्रति नकारात्मक बनी पनि नहालौं तर सेवाको विषयमा भने आलोचना गर्न पर्ने देखिएको छ ।

राष्ट्रियताको रुपमा हरेक उमेर पुगेका नागरिकहरुको हातहातमा नागरिकता छदैछ । तैपनि फेरि सरकारले कतिपय अवस्थामा राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता मात्रै होइन, अनिवार्य गरिदिएको छ । जसका कारण नागरिकहरु अहिले समस्या छन् । फेरि यसको ठेक्का विदेशी कम्पनीलाई दिएको विषयमा साइबर सुरक्षाको कुरा पनि आएको छ ।
शनिवार यही विषयमा काठमाडौंमा प्रदर्शन पनि भएको छ । सरकारले यो विषयमा आम नागरिकहरुलाई स्पष्ट पार्न जरुरी छ ।
त्यसो त परिचयपत्र व्यापक पनि हुन सकेको छैन । सर्वसुलभ पनि हुन सकेको छैन । यसैका लागि नागरिकहरु भौंतारिन परेको छ । सास्ती झेल्न परिरहेको छ । सरकारले यो परिचयपत्रलाई सर्वसुलभ पनि बनाउन आवश्यक छ । पाँच बष्र्या अगाडि फाराम भरेका नागरिकहरुले अझै परिचयपत्र पाएका छैनन् । अनि यस्तो तरिकाले कसरी नागरिकहरुलाई सहज होला, यो विषयमा पनि सरकारले ध्यान दिन आवश्यक त छ ।

Leave a Reply