जियालाल चौधरी
कोल्हबी,बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरामा बिहीवार नेकपा एमालेले अगुवा कार्याकर्ता भेला आयोजना गरेको छ ।
बारागढी गाउँपालिका वडा न.४ का अध्यक्ष प्रेम अधिकारीको अध्यक्षता र एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य केवलप्रसाद चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा अर्का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य धुरी साह, अखिल नेपाल महिला संघ बाराकी अध्यक्ष ज्ञानु के.सी, बारागढी गाउँपालिका वडा नम्ब्र २ का वडा अध्यक्ष कृष्ण चौधरी, राधाकृष्ण चौधरी, एमाले जिल्ला कमिटी सदस्य चयन गुरुङ, प्रदेश कमिटी सदस्य शंकर चौधरी लगायतले बोल्नु भएको थियो । भेलाले प्रेम चौधरीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पनि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा गंगा चौधरी, सचिव राजदेव ठाकुर, सहचिवमा सुकेन्द्र चौधरी रहनुभएको छ । भेलामा करिब दुई सय पचासजना कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला विकास समितिका पूर्वसदस्य पुरनदेव चौधरीले गर्नुभएको थियो ।



















