निजगढ,निजगढमा अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएकोछ । निजगढ फुटबल क्लबले जेठ २६ गतेदेखि असार ७ गतेसम्म नगर स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकोछ । निजगढ वडा नम्बर ९ चाइनिज क्याम्पस्थित रंगशालामा संचालन हुने प्रतियोगिताको विजेताले २० हजार प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैंया प्राप्त गर्ने आयोजक निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगरले बताउनुभयो । निजगढ नगरपालिका भित्रका १० वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा थप दुई सहित १२ वटा टोली समावेश रहेको अध्यक्ष मगरले बताउनुभयो ।विद्यालय स्तरबाट खेलाडीहरुलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहनुभएका आयोजक निजगढ फुटबल क्लबका कोषाध्यक्ष स्वर्ण लामाले बताउनुभयो । प्रतियोगिता सम्पन्न भए पश्चात विद्यालयहरुले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउने वातावरण समेत सृजना हुने लामाले बताउनुभयो ।प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भरतगंज सिंगौल, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निजगढ, श्री सार्वजनिक माध्यमिक विद्यालय बागदेव, श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोल, विद्यासागर अंग्रेजी माध्यमिक विद्यालय निजगढ ७, श्री गौरीशंकर माध्यमिक विद्यालय शहिद चोक, श्री बकैयाठाकुर माध्यमिक विद्यालय खयरघारी, होलिएन्जल्स अंग्रेजी माध्यमिक विद्यालय निजगढ ९, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लाल, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरी र आयोजक निजगढ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन ।प्रतियोगिताको उद्घाटन खेल जेठ २६ गते श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here