आइतबार नेपालमा संविधान दिवस मनाइयो । २०७२ सालमा नेपालमा संविधान जारी भएको थियो । २०१५ सालमा नै बिपीले चाहना गरेको कुरा धेरै वर्षपछि त्यो पनि हजारौंको बलिदानबाटबाटै संभव भएको थियो । २०५८ ताका तत्कालिन बिद्रोही माओवादीले संविधान सभाको माग गर्दा त्यत्तिबेलाका पनि प्रधानमन्त्री देउवाले मानेनन् अनि फेरि मुलुक रक्तपातमा गयो । र संविधान सभाका लागि मात्रै करिब २० हजार जति नेपालीहरुले प्राणको आहुति दिन परेको छ ।

यसो हुुनाले पनि संविधान सबैका लागि महत्वपूर्ण हुन आवश्यक छ । तर त्यही समयमा मधेसमा आन्दोलन भएको थियो । भारतले मधेसवादी दलको मागलाई अघोषित रुपमा साथ दिएर नाकाबन्दी पनि गरेकै थियो । जे भएपनि संविधान सबैका लागि प्रियः हुन नसकेप पनि मधेसमा आन्दोलन भयो र जसका कारण केही मधेसका होनहार युवाले प्राणको आहुति दिए ।

तर जसले संविधानको बिरोध गरे, उनीहरु संधिान अनुसार मन्त्री भए । सांसद भए अनि संविधान दिवसको दिनमा वीरगन्जमा आएर वा पर्सामा आएर फेरि संविधानको बिरोध गर्नु भनेको ढोंग नै हो । ढोंगीहरुको कुरा राम्रोसंग बुझ्न सकिएन भने यसले फेरि मधेसलाई अस्थिर बनाउछ । त्यसैले पनि संविधान संशोशन गर्न आवश्यक होला तर ढोंगी व्यवहार गर्नु आवश्यक छैन ।

Leave a Reply