दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ मा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले कोल्हबीमा निर्माण गरेको यात्रु प्रतिक्षालयको आइतवार उद्धाटन भएको छ ।सहकारीले आफ्नो १७औैं स्थापना दिवसको अवसरमा कोल्हबी नगरपालिका वडा नम्बर ७ धोधारपा .७७ हजारको लागतमा निर्माण गरेको प्रतिक्षालयको वडा नम्बर ७ का वडा अध्यक्ष सलाउद्दिन अंसारीले गर्नुभएको थियो ।
प्रतिक्षालय उद्धाटन कार्यक्रममा सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमाल, संस्थाको संचालक समितिका उपाध्यक्ष पृथ्वीराज शिवाकोटी, संस्थाकी कोषाध्यक्ष कालिका भण्डारी, सहसचिव रामकाजी खड्का, स्थानीय समाजसेवी एवम् वडा अध्यक्षका प्रत्यासी चिन्तामणीप्रसाद चौधरी, अनवर अंसारी, सरोज साहलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।



















