निजगढ,महिला उद्यमी संघ बाराको शुक्रवार निजगढमा भएको प्रथम साधारण सभाले पुनम कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । साधारण सभाले अध्यक्ष कार्कीसहित कार्यसमितिका पूर्वपदाधिकारी र सदस्यहरुलाई नै नयाँ कार्यकालको लागि पनि जिम्मेवारी दिएको हो ।

त्यसैरी संघको उपाध्यक्षमा रिना बजगाई, सचिव दिपा सापकोटा, कोषाध्यक्ष रिता कडेल चुनिनुभएको छ । सदस्यहरुमा रेखा सापकोटा, दिपा खरेल, कृष्णकुमारी थपामगर, अन्जना त्रिपाठी, मिना सापकोटा र सिता उप्रेती गौतम चुनिनुभएको कोषाध्यक्ष दिपा सापकोटाले जानकारी दिनुभयो ।

संघको मधेस प्रदेश प्रमख सविना पौडेलको प्रमुख आतिथ्यतामा भएको सो साधारण निजगढ ८ स्थित उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो । सभामा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर ८ का अध्यक्ष सुवर्ण लामालगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here