जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्तिटोलस्थित जीतपुर गौशालाको नाममा रहेको जमिन नियम विपरीत खरिद बिक्री भएको पाइएको छ । गौशलाको नाममा जग्गाधनी पुर्जा रहेको सो जमिनको फिल्डबुकमा ऐलानी पर्ति, गौचर र गौशालाको जग्गा भनेर उल्लेख भएकोले कानुनी रुपमा खरिद बिक्री गर्न नमिल्ने भएपनि केही मानिसहरुको मिलिमतोमा किनबेच भइरहेको हो ।

सो जग्गाको स्वामित्वलाई लिएर परेको मुद्दा हाल पनि जिल्ला अदालत बारा, पुनरावेदन र सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको साविक भवानीपुरजितपुर गाविकासका अध्यक्ष एवं एमाले बारा जिल्ला कमिटीका पूर्व अध्यक्ष देवनारायण चौधरीले जानकारी दिनु भयो ।

सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नआउदै किनबेच गर्ने पक्षले जग्गाधनी पुर्जा बनाउने पहलसंगै सार्वजनिक सो जमिन अतिक्रमण गर्ने प्रयाससमेत गर्दै आएको पाइएको छ ।

मुद्दाको वादी रहेको जीतपुरसिमरा नगरपालिकासंग स्थानीय बासिन्दाले जग्गा खरिदकर्ताहरुको रजिस्ट्रेसन खारेज गर्ने पहल गर्न माग गरेका छन । साथै अबैध रुपमा गरिएको खरिद बिक्री बदर गराउन अख्तियार र सम्पति शुद्दीकरण आयोगमा पनि प्रकृया अघि बढाउन उनीहरुले नगरपालिकासंग अनुरोध गरेका छन ।

त्यसैगरी जीपुरसिमरा उपमहानगरपालिका वडा २३ भलुहीमा २० बिगाहा भन्दा बढी सार्वजनिक जमिन केही व्यक्तिहरुले हिनमिना गरेको बताइएको छ । नगरपालिकाभित्र धेरै स्थानमा सार्वजनिक जमिन रहेको तर संरक्षणको अभावमा अतिक्रमण भइरहेकोले नागरिकहरुले संरक्षणमा नगरपालिकाले ध्यान दिनु पर्ने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here