निजगढ, १ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले बारा जिल्लाका १६ ओटै स्थानीय तहमा पार्टी कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । नेकपा प्रदेश २ कमिटीले भदौ २८ गते परिपत्र जारी गरी स्थानीय तहमा पार्टी एकीकरणलाई मुर्तरुप दिदै जिल्ला कमिटीको सुझाव एवं सिफारिसको आधारमा सबै तहका कमिटीमा अध्यक्ष र सचिव पदको जिम्मेवारी दिएको हो ।
प्रदेश कमिटीको निर्णयअनुसार जीतपुरसिमरा उपमहानगरपालिका अध्यक्षमा कृष्ण खनाल, सचिव रामशरण बर्तौला चयन हुनु भएको छ । त्यसैगरी कलैया उपमहानगरपालिकाको अध्यक्ष जवाहिर अन्सारी, सचिव मुकेश साह, निजगढ नगरपालिका दिलबहादुर लामा र दिपक खडका कोल्हवी नगरपालिका पृथ्वीराज शिवाकोटी, चिरन काफ्ले, सिम्रौनगढ नगरपालिका श्याम किशोर यादव, गगनदेव कुशवाहा, पचौरता नगरपालिकामा सुमन साह, मगर्नी मुखिया, महागढिमाई नगरपालिका प्रह्लाद सहनी, ध्रुव साह चयन हुनुभएकाे छ ।
त्यसैगरी अादर्शकाेटवाल गाउँपालिका राकेश यादव, लालबाबु यादव, बारागढी गाउँपालिका धनमायाँ चौधरी, सरोज ठाकुर, करैयामाई गाउँपालिका धनीराम चौधरी, सुरेश यादव, देवताल गाउँपालिका राजकुमार सहनी, कौशलकिशोर सिंह, सुवर्ण गाउँपालिका श्रीभगवान गिरी, बन्दना सिंह, विश्रामपुर गाउँपालिका धर्मदेव यादव, मनिर देवान, परवानीपुर गाउँपालिका अमर यादव, लालबाबु पटेल, पर्सौनी गाउँपालिका विनोद पटेल, महेश विश्वकर्मा, फेटा गाउँपालिका दिवेन्द्र कुशवाहा, विरेन्द्र यादव रहेका छन ।
तत्कालिन नेकपा एमाले र माओवादीबीच एकता भएको ३ वर्षपछि बारामा स्थानीय तहका कमिटीको प्रुमख र सचिव तोकिएको हो । प्रदेश कमिटीले गत स्थानीय चुनवामा तत्कालिन पार्टीले प्राप्त गरेको मतको आधारमा जिम्मेवारी तोकेको हो । निर्वाचनमा बढी मत प्राप्त गर्ने दलको भागमा अध्यक्ष र अर्को दलको भागमा सचिव पद परेको छ ।