दुष्यन्त चौधरी

कलैया,कोल्हबी नगर क्षेत्रलाई सडकमानव मुक्त बनाउने अभियानमा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले अग्रसरता देखाउनुभएको छ ।

कोल्हबी नगरपालिकाको आयोजनामा तथा मानव सेवा आश्रम वीरगन्जको सहयोगमा शनिबार नगरपालिकाका विभिन्न स्थानबाट मानसिक सन्तुलन गुमाएका ४ जना सडक मानवको उद्धार गरेको समाजसेवी श्रीराम साहले जानकारी दिनुभयो ।

कोल्हबी नगरपालिका क्षेत्रभित्र असहाय, मानसिक सन्तुलन गुमेका, मगन्ते, अनाथलगायतका सडकमानव मुक्त बनाउने अभियान थालनी गरेको हो । नगर प्रमुख चौधरीका अनुसार कोल्हबी नगर क्षेत्रभित्र फेला परेका त्यस्ता व्यक्तिलाई वीरगन्जस्थित मानव सेवा आश्रमको टोली बोलाएर उद्धार गरिएको छ ।

मानव सेवा आश्रम वीरगन्जका सह संयोजक मुना लिम्बुको नेतृत्वमा संस्थाको टोली कोल्हबीमा आएको थियो । उद्धार कार्यमा कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद साविर, कोल्हबी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अनुप सुवेदी, कोल्हबी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली, कृष्ण प्रणामी युवा परिषद् नेपाल बाराका सचिव उमेश सापकोटा, जनजागरण आमा समूह सपहीकी कल्याणी बिमली, सामाजिक अभियान्ता ईन्दिरा देवकोटा, महिला नेतृ राधा चौधरी लगायतको सहभागीता रहेको सामाजिक अभियानता श्रीराम साहले जानकारी दिनुभयो ।

Leave a Reply