बाराको कलैयामा गत जेठ ४ गते एक जघन्य अपराध भयो । अवोध बालकहरुको हत्या भएपछि बिभिन्न हल्ला कलैयामा फैलियो । बारा प्रहरीले अपराधमा संलग्नहरुको खोजी पनि गरेको थियो । छोटो समयमा नै बारा प्रहरी अपराधीको नजिक पुग्यो र अवोध बालकहरुको हत्यामा संलग्न नरपिपाशुलाई पक्राउ गर्न सफल भएको छ । तिनै बालकका आमा भनिएकीको समेत बालकको ज्यानुमा भूमिका राम्रो देखिएन ।

बालक हत्याका कारण आमा पनि हो तर आमाकै कारण अवोध बालहरुको हत्या गर्ने त्यो पिपाशुलाई जस्तो सजायँ दिएपनि कमै हुन्छ । बारा प्रहरीले अपराधीलाई पक्राउ गरी घटना सार्वजनिक गर्नु आफैमा ठूलो सफलता हो र प्रहरी यसैमा पनि धन्यवादको पात्र हो । प्रहरीले गरेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् र गर्नु पनि पर्दछ ।

अपराधीलाई पक्राउ गरेर प्रहरीले आफनो जिम्मेवारी पुरा गरेको छ । अब दोषिलाई सजाय दिने जिम्मा न्यायलयको हो र यस्ता अपराधीहरुलाई हदैसम्मको कारबाही पनि हुनु पर्दछ । समाजमा यस्ता अपराध गर्नेहरुको मनोवल गिराउनका लागि भएपनि न्यायपालिकाले हदैसम्मको कारबाही गर्नुपर्दछ अनि मात्रै समाजमा यस्ता अपराधमा कमी आउनेछ । ती अवोध बालकप्रति हाम्रो पनि श्रद्धा सुमन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here