काठमाण्डौं,बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो ।तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ ।आइतवार प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।आधिकारिक नतिजा भने बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्नुभएको हो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो ।

Leave a Reply