बसन्त लामा
सिगौल,निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलस्थित खानेपानी ओभरहेड ट्याङकी शिलान्यास गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट नजिकै निर्माण भइरहेको ओभरहेड ट्याङकीको बुधवार शिलान्यास गरिएको हो । वडा नम्बर २ का कार्यवहाक वडा अध्यक्ष पुस्कर खडकाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा खानेपानी पूर्वमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा हिन्दु धर्मको परम्परा अनुसार शिलान्यास गरिएको हो ।

सिंगौल खानेपानी उपभोक्ता समितिको आयोजनामा वडा नम्बर २ को सभाहलमा एक कार्यक्रम गरेर शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रमालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले कांग्रेस÷कांग्रेसबीचको मनमुटावका कारण निर्वाचनामा पराजित हुनुपरेको बताउँनुभयो । उहाँले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै निर्वाचन लडेर कांग्रेसको चारतारे झण्डा फहराईने दाबी गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, मधेस प्रदेस सभा सदस्य मिना लामा, नेपाली कांग्रेस जिल्ला उपसभापती मनोज भट्ट, जिल्ला सभापतीका प्रत्यासी एवंम महासमितिका सदस्य शम्भुबहादुर बुढाथोकी, निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेशकुमार खनाल, कांग्रेश नगर सभापती नवराज तिमल्सिना, जिल्ला कोषाअध्यक्ष बासु चौधरी, सिंगौल वडा नम्बर २ का वडा सभापती हेमबहादुर बिष्ट, वडा नम्बर १ का सभापती बुद्ध लोप्चन, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य मानबहादुर डासेलीको सहभागीता थियो ।

२०७४ सालको निर्वाचनबाट निर्वाचित सिंगौल वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) को पहलमा चौधरी खानेपानीको मन्त्री हुँदा डिप बोरिङ र ओभरहेड ट्याङकी प्रस्ताव गरिएको थियो । सोही प्रस्तावलाई मध्यनजर गर्दै खानेपानी मन्त्रालयबाट डिपबोरिङ र ओभरहेड ट्याङकीका लागि ८१ लाख रुपैयाँ विनियोजन भएको थियो ।
हालसम्म निजगढ वडा नम्बर २ र ३ सिंगौलका अधिकांश स्थानीयले स्वच्छ खानेपानीको समस्या झेल्दै आइरहेका छन ्।
ओभरहेड ट्याङकी निर्माण सम्पन्न भएपछि वडा नम्बर २ र ३ का स्थानीयले स्वच्छ खानेपानी उपयोग गर्न पाउने विश्वास गरिएको छ ।यस्तै चौधरी खानेपानी मन्त्री हुँदा वडा नम्बर १ का अध्यक्ष मंगले लोप्चनको पहलमा वडा नम्बर १ सिंगौलमा २ वटा ओभरहेड ट्याङकी सम्पन्न भएको हो ।

Leave a Reply