राजन कुमार बानिया

पोखरिया,पर्साको पकाहामैनपुर गाँउपालिकामा विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा भएको भ्रष्ट्रचार उजागर गरिनु पर्ने माग गर्दै बुधबार मोटरसाइकल र्याली निकालिएको छ । पकाहामैनपुर युवा संजालको अगुवाइमा बिहान ८ बजे निस्केको दबाबमुलक मोटरसाईकल र्यालीका सहभागीले गाउँ परिक्रमापछि विभिन्न माग सहित गाउँपालिका अध्यक्ष विजय चौरसियालाई १५ बुंदे ज्ञापन पत्र बुझाएका छन । पकाहा मैनपुर चौकबाट शुरु भएको दबाब ¥याली निकाली गाउँपालिका परिक्रममा प्रश्चात् गाँउपालिका अध्यक्ष चौरसियालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताउनुभयो ।

गाँउपालिका अध्यक्ष चौरसियालाई ज्ञापन पत्र बुझाउने क्रममा अध्यक्ष कै निकट व्यक्तिले ज्ञापन पत्र बुझाउन गएको टोलीसंग झडप पनि गरेको संजालका साहले जानकारी दिनुभयो ।

लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेटमा अनियमितता गरेको, बिकाश गरे पनि गुणस्तरहिन काम गरेको, जनताको काम र गुनासो सम्बोधनमा जनप्रतिनिधिले वेवास्ता गरेको गुनासो बढेपछि उजागर गर्न आफूहरु अगाडि बढेपछि अध्यक्ष निकटका व्यक्तिहरुले झडप गर्न खोजेको र प्रहरीले रोकेको संजालका साहले बताउनुभयो ।

उहाँले गाँउपालिकाका जनप्रतिनिधिले गत आर्थिक वर्षदेखि कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापन पत्रमार्फत पालिकाभित्र मौलाएको विकृति उजागर गर्न थालिएको बताउनुभयो । ज्ञापन पत्रमा उल्लेखित माग यथाशिघ्र पूरा गर्न समेत माग गरिएको छ । यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेल कि आमा गाँउपालिकाका कि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला लगाएर सम्मान पनि गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply