वीरगन्ज,बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत बाराको सिम्रौनगढस्थित कन्काली माध्यमिक विद्यालयका छात्राहरुलाई बुधबार साईकल वितरण गरिएको छ । प्रदेश न २ को सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको अभियान अन्तर्गत १ सय ४५ जना छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो ।

उहाँले प्रदेश सरकारबाट सिम्रौनगढमा छिटै ५० शैयाको अस्पताल निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा सिम्रौैनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रप्रसाद साहले आमा शिक्षित भए पुरै परिवार नै शिक्षित हुने भन्दै छोरीलाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्राध्यानाध्यापक धुर्बप्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रामनरेशकान्त कुश्वाहा, नगरपालिकाका शिक्षा संयोजक नुराजम सिद्धिकि, शिव मङल पटेल, सिमरौनगढ नगरपालिकाकी उपप्रमुख रिमा देबी कुश्वाहा, ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदी, सशस्त्र बी.ओ.पी गोलागन्जका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठ, स्थानीय भद्रभदमी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बिनोद झाले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक अरबिन्द महतो नुनियाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here